Premier Cables

खेलकुद विराटनगर

बेरुजु असुलीमा कोशी खेलकुद बोर्डको सक्रियता, क्रिकेट संघले फिर्ता गर्‍यो ६ लाख

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | अपराह्न १२:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ। संघले २०८० सालमा अन्तर-प्रदेश क्रिकेट प्रतियोगिता छनौट खेल तथा तयारीका लागि प्राप्त गरेको ६ लाख रुपैयाँ बेरुजु देखिएकोले उक्त रकम फिर्ता गरेको हो।

बोर्डबाट आर्थिक वर्ष २०८०/८१ मा प्राप्त उक्त ६ लाख रुपैयाँ बेरुजु देखिँदा संघले भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खाताको उक्त रकम जम्मा गर्दै बेरुजु फर्छ्यौट गरिदिन बोर्डमा निवेदन समेत दर्ता गराएको छ।

विज्ञापन

बोर्डका सदस्य सचिव विप्लब घोषले बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र खेल संघमार्फत उपलब्ध गराएको रकम लामो समय देखि बेरुजु देखिन आएको रकम फर्छ्यौट गराउन सक्रिय रुपमा काम गरिरहेको बताउनु भयो। घोषले खेल क्षेत्र र खेलाडीमाथि लगानी गरिएको रकम विभिन्न कारणले बेरुजु देखिँदा त्यसले समग्र खेल क्षेत्रमाथि प्रश्न उठ्ने भन्दै बेरुजु रकम फर्छ्यौट गर्न आवश्यक पहलकदमी लिएको जानकारी दिनु भयो।

यस अघि बोर्डले यसै आर्थिक वर्षमा जिल्ला खेलकुद विकास समिति खोटाङसँग असुलउपर गर्नु पर्ने ८ लाख रुपैयाँ समेत असुल गरिसकेको छ भने जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नाममा हिनामिना भएको २५ लाख बढी रुपैयाँ असुल गर्नका लागि आवश्यक कानुनी प्रक्रिया समेत थालेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka