Premier Cables

राष्ट्रिय

देशभर जेन-जी दिवस मनाइँदै

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | बिहान ११:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेन-जी आन्दोलन भएको एक वर्ष पुगेको छ ।

आन्दोलनका शहीदहरूको सम्मान र सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

विज्ञापन

मन्त्रिपरिषद् बैठकले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गरेको छ । सोही सन्दर्भमा सार्वजनिक बिदा दिइएको हो ।

‘पुराना भनिएका दलहरुले’ गरेको राजनीतिक र सामाजिक बेथितिविरुद्ध युवाहरुमा बढदो निरासाको कारण आन्दोलन उठेको थियो ।

त्यसविरुद्ध काठमाडौंमा आन्दोलन शुरु भइ देशभर फैलिएको थियो ।

आन्दोलनका क्रममा गोली चलाउँदा १९ जना आन्दोलनकारीको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा देशभर आन्दोलनको उभार फैलिएको थियो । आन्सुदोलनका क्रममा रक्षाकर्मी र प्रदर्शनकारी गरी जम्मा ७६ जनाको मृत्यु भएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka