Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजी, सरकार-दल: के भयो छलफल?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | बिहान ८:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा अधिकांश राजनीतिक दल र जेनजी प्रतिनिधि आआफ्ना सर्तसहित फागुन २१ लाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको पक्षमा उभिएका छन् । एमाले भने स‌ंसद पुर्नस्थापनाको अडानमा छ ।

संवादका क्रममा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै चुनावको नाममा सुशासन र भ्रष्टाचार विरुद्धको कारबाहीलाई ओझेलमा पार्न नहुने माग राखेका थिए ।

बिज्ञापन

जेनजीका प्रतिनिधिले बोलेपछि बैठकमा पार्टीका प्रतिनिधिहरूले धारणा राखेका थिए । कांग्रेस, माओवादी र रास्वपा लगायतका दलले चुनावका लागि सरकार अघि बढे साथ दिने धारणा राखेका थिए । एमालेले भने संसद् पुनर्स्थापनामा जोड दिएको थियो ।

सरकारका प्रवक्ता जगदीश खरेलले त्रिपक्षीय छलफल सकारात्मक भएको र मुलुक सामान्यीकरणतर्फ जाने विश्वास व्यक्त गरे ।

बैठकमा सहभागी धेरैले भने निर्वचन गर्न सुरक्षा चुनौतीबारे चिन्ता प्रकट गरेका थिए । जवाफमा प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै दलहरूलाई आश्वस्त पारेकी थिइन्।

छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । निर्वाचनको माहौल बनाउने सन्दर्भमा पहिलो पटक भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।

बालुवाटार छलफलमा दलहरूका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र डा. प्रकाशशरण महत सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka