Premier Cables

विराटनगर

फरार १५ प्रतिवादी मोरङ प्रहरीद्वारा पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १६, २०८३  | अपराह्न २:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अदालतबाट फैसला भई फरार रहेका १५ जना प्रतिवादीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सम्मानित अदालतबाट भएका फैसलाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानूनी कारबाही तथा जरिवाना असुलउपरका लागि मोरङ जिल्ला अदालत, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका ४ जना, अभद्र व्यवहारका २ जना, चोरीका २ जना, चेक अनादर, सवारी ज्यान, बैंकिङ कसुर, बैंकिङ तथा वित्तीय कारोबार कसुर र अंगभंग मुद्दाका १–१ जना रहेका छन्।

विज्ञापन

अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालय मोरङले निरन्तरता दिँदै आएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka