नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएका १७ वटा शव उत्तर प्रदेशका विभिन्न क्षेत्रबाट फेला परेका छन् ।
उत्तर प्रदेशको कुशीनगर जिल्लाअन्तर्गत खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा तथा महराजगन्ज क्षेत्रबाट ३ महिला र १ पुरुष गरी ४ वटा शव बरामद गरिएको हो । महराजगन्जमा भेटिएका चारवटै शव आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिसकिएको भारतीय पक्षले जनाएको छ ।
फेला परेका शवहरूको हालसम्म पहिचान खुल्न सकेको छैन । सोही कारण भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा उनीहरूको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिएका छन् ।
बाढीका कारण नेपालबाट नदीमा बगेर आएका शवहरू भारतीय भूभागसम्म पुग्न सक्ने भएपछि सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेका छन् ।
