Premier Cables

समाचार

पूर्वाञ्चल आयल सप्लायर्सद्वारा लाखौं ठगी तर जरिवाना न्यून

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उपभोक्तालाई कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरी लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको विराटनगर–६ स्थित पूर्वाञ्चल आयल सप्लायर्सलाई गुणस्तर तथा नापतौल कार्यालयले १ लाख रुपैयाँ जरिवाना गरेको छ।

गत भदौ १ गते सोमबार साँझ अनुगमनका क्रममा गुणस्तर तथा नापतौल कार्यालयको टोलीले पेट्रोल पम्पमा जाँच गर्दा ५ लिटर पेट्रोलमा ११ रुपैयाँ ८५ पैसा र ५ लिटर डिजेलमा १९ रुपैयाँ ५० पैसासम्म कम परिमाणमा बिक्री भइरहेको पाइएको थियो।

विज्ञापन

उपभोक्ताले तिरेको रकमअनुसारको पेट्रोलियम पदार्थ नदिएको भन्दै कार्यालयले पम्पका मेसिनमा सिलबन्दी गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भुकुमार झाले पम्प सञ्चालकलाई पत्र काटेर बयान लिइएको र प्राविधिक परीक्षणपछि १ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए। उनका अनुसार प्राविधिक परीक्षणका क्रममा मेसिनको फिल्टरमा समय देखिएको थियो।

‘कानुनअनुसार गर्न सकिने सबैभन्दा बढी जरिवाना गरेका छौँ,’ प्रमुख झाले भने।

कार्यालयले नयाँ मेसिन जडान गर्नसमेत निर्देशन दिएको जनाएको छ। त्यसपछि उक्त पम्पबाट पुनः पेट्रोलियम पदार्थ बिक्री सुरु भएको छ।

तर, सामाजिक सञ्जालमार्फत कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री भइरहेको प्रकरण सार्वजनिक भएपछि सञ्चालकमाथि कडा कारबाहीको माग उठ्दै आएको थियो। दैनिक हजारौँ लिटर पेट्रोल तथा डिजेल बिक्री गर्ने पम्पबाट लामो समयदेखि उपभोक्ता ठगिएको भए जरिवाना १ लाख रुपैयाँ मात्रै किन भन्ने प्रश्नसमेत उठेको छ।

उपभोक्ताहरूले ठगीबाट भएको वास्तविक आर्थिक क्षतिको तुलनामा जरिवाना निकै कम भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले उपभोक्तालाई आर्थिक क्षति पुर्‍याउने यस्ता व्यवसायिक संस्थामाथि जरिवानासँगै कानुनअनुसार थप कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

यसैबीच, पुरानो मेसिनको पूर्ण प्राविधिक परीक्षण नगरी नयाँ मेसिन जडान गर्न अनुमति दिइएको विषयमा समेत प्रश्न उठेको छ। कार्यालयमा विशेषज्ञ प्राविधिक टोलीको अभाव रहेकाले बाहिरबाट प्राविधिक परीक्षण गराई नयाँ मेसिन जडान गर्न अनुमति दिइएको कार्यालयले जनाएको छ।

ठगी भएको भनिएको रकमको तुलनामा जरिवाना अत्यन्त न्यून हुँदा यस्ता कारबाहीले उपभोक्ता ठगीलाई निरुत्साहित गर्न नसक्ने उपभोक्ताहरूको भनाइ छ। उनीहरूले वर्षौँदेखि उपभोक्तालाई ठगी गरेको प्रमाणित भएमा जरिवानामात्र नभई प्रचलित कानुनअनुसार थप कडा सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाको नेतृत्वमा २ करोड रुपैयाँभन्दा बढी नगद तथा सामग्री सहयोग

Clock Iconसोमबार, भाद्र १५, २०८३

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति

Clock Iconआइतबार, भाद्र १४, २०८३

जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

Clock Iconआइतबार, भाद्र १४, २०८३

लायन्स क्लब अफ विराटनगर सिटिजन्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ लाख ११ हजार सहयोग

Clock Iconआइतबार, भाद्र १४, २०८३

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

Clock Iconआइतबार, भाद्र १४, २०८३

बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदी पारिका क्षेत्रमा वितरण चुनौती

Clock Iconआइतबार, भाद्र १४, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka