विराटनगर | भोटेकोशी नदीमा आएको बाढीको कारण आफन्त, घरवार गुमाउन बाध्य भएका पीडितहरुको पक्षमा औद्योगिक घराना सारडा ग्रुप उभिएको छ । सारडा ग्रुपका निर्देशक पवन सारडाले सरकारलाई बाढी पीडितको उद्धार व्यावस्थापनका लागि सोमबार (भोली) एक करोड रुपैयाँ हस्तान्तरण गर्ने घोषणा गरेका छन ।
सारडा ग्रुपको बार्षिकोत्सवको अवसरमा मुख्य कार्यालय विराटनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय जानाले रक्तदान गरेका छन भने काठमाडौंमा भएको रक्तदानमा समेत ५० बढीले रक्तदान गरेका छन । ५० जनालाई तयारी हालतमा बस्न भनिएको छ । कतिपय विरामीलाई फ्रेस ब्लड चाहिने भएकाले ५० जना कर्मचारीहरुलाई तयारी हालतमा राखिएको निर्देशक पवन सारडाले बताए । बाढी पीडित क्षेत्रका लागि लक्ष गरेर रक्तदान गरिएको उनले जानकारी दिए । अहिले दर्जनौं उद्योग संचालन गरिरहेको सारडाग्रुपको पहिलो उद्योग पशुपति सोल्भेन्ट हो ।
उनले ६० लाख बराबरको विस्कुट चाउचाउ लगायतको खाद्यान्न समाग्री बाढी पीडितको लागि पठाइएको समेत बताए । विपदको बेला जहिले पनि निजी क्षेत्र सरकारसंग साथ रहने बताउदै सारडाले भने‘दुखद परिस्थितिमा यस अघि पनि हामीले सरकारलाई सहयोग गर्दै आएका छौं, यो पटकको दुखको घडीमा पनि हामी पीडित र सरकारसंगसंगै छौं ।’
