Premier Cables
Premier Steel

अर्थ

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १४, २०८३  | साँझ ४:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर (करिब १४० करोड रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग आइतबार प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको हो।

विज्ञापन

भेटका क्रममा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले प्रभावित क्षेत्रमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइका सामग्री, ठूला परिवारका लागि पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकी लगायतका सामग्री आवश्यक रहेको जानकारी गराएका थिए।

प्राधिकरणले आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकता सम्बन्धमा जानकारी दिएपछि युएईको टोलीले सोहीअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको उप्रेतीले बताए।

भेटमा युएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी र मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीसहितको टोली सहभागी थियो।

नेपाल र युएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ। दुवै देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka