Premier Steel

राष्ट्रिय विराटनगर

बाढीपीडितका लागि उद्योगी श्याम राठीद्वारा १३ लाख ५० हजार रुपैयाँ सहयोग

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १३, २०८३  | बिहान ८:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडितहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।

राठीले आफू आबद्ध राठी केबलबाट ११ लाख रुपैयाँ र पल्लवी लुब्रिकेन्टबाट २ लाख ५० हजार रुपैयाँ गरी कुल १३ लाख ५० हजार रुपैयाँ बाढीपीडितहरूको राहत तथा सहयोगका लागि उपलब्ध गराउने भएका हुन्।

हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको जनाइएको छ।

विपद्को कठिन समयमा उद्योगी तथा निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले पीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka