Premier Cables
Premier Steel

अपराध

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, साउन २०, २०८२  | साँझ ६:५६ बजे

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा कास्की प्रहरीले पक्राउ गरेको छ। कास्कीको लेकसाइडबाट वाइबालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको हो। स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा वाइबाविरुद्ध काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो।

पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि मंगलबार नै काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा सक्रिय र विभिन्न विषयमा खुलेर बोल्ने वाइबामाथि यसअघि पनि विवादास्पद अभिव्यक्तिहरूको कारण आलोचना हुने गरेको थियो। अहिलेको घटनाले पुनः उनको गतिविधि र व्यवहारमाथि प्रश्न उठाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka