काठमाडौँ । हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिक तथा परिवारहरूको उद्धार, राहत र स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्माल्याब प्रा. ली. ले नेपाल सरकारलाई रु. ८२ लाख ५१ हजार ७५० बराबरको आवश्यक औषधि उपलब्ध गराएको छ।
कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरू तथा खटिएका स्वास्थ्य स्वयंसेवकहरूका लागि उपयोग हुने गरी उक्त औषधिहरू सहयोग स्वरूप प्रदान गरेको हो।
विपद्को कठिन समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यो सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
प्रभावित समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनर्स्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहायता आवश्यक परेको खण्डमा कम्पनीले उपचारका लागि चाहिने उपकरण तथा थप औषधिहरू सहयोग स्वरूप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
