Premier Cables
Premier Steel

राष्ट्रिय

अपर त्रिशूली ‘ए’ को सुरुङमा फसेका ३५२ मजदुरको उद्धार,‘डेडिकेटेड’ हेलिकप्टर परिचालन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सरकारले अपर त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र फसेका मजदुरहरूको द्रुत उद्धारका लागि (विशेष) हेलिकप्टर परिचालन गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि आवश्यक थप सामग्री र टोली परिचालन गरी सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्यलाई थप प्रभावकारी र तीव्रता दिएको जनाएको छ।

बिज्ञापन

असार/भदौको विपद्का बीच कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले बिहीबार ३५० जनाको उद्धार गरिसकेको थियो भने शुक्रबार सुरुङभित्रबाट थप २ जना मजदुरको सकुशल उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार विकट भौगोलिक स्थिति र मौसमका कारण त्यस क्षेत्रमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेकाले सरकारीस्तरबाटै विशेष हेलिकप्टरमार्फत नियन्त्रण र उद्धार टोलीलाई परिचालन गरिएको हो।

सुरुङभित्र बाँकी रहेका अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka