Premier Cables
Premier Steel

विराटनगर

बाढीमा मोरङका कोही सम्पर्कविहीन भएको भए विवरण दिन प्रशासनको आग्रह

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ११, २०८३  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भदौ १० गते रसुवा, धादिङ तथा नुवाकोट लगायतका जिल्लाहरूमा गएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। मोरङ प्रशासनले कामको सिलसिलामा जिल्लाबाट ती क्षेत्रमा मानिसहरु पुगेको हुनसक्ने र उनीहरु सम्पर्कविहीन भएको आशङ्का गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका र हालसम्म सम्पर्कमा नआएका आफ्ना परिवारका सदस्य, नातेदार वा छरछिमेकहरूबारे जानकारी दिन जिल्ला प्रशासन कार्यालय, मोरङले आग्रह गरेको छ ।

बिज्ञापन

“यदि कोही व्यक्ति सम्पर्कविहीन हुनुहुन्छ भने उहाँहरूको नामथर, वतन तथा सम्पर्क नम्बर जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको

टोल फ्रि नम्बर १२३४ र ल्यान्डलाइन नम्बर ०२१-५७०३८३ मा उपलब्ध गराउन अनुरोध छ,” जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

विपद्को संवेदनशील अवस्थामा हराएका वा सम्पर्कविहीन भएकाहरूको शीघ्र खोजी तथा उद्धारका लागि सम्बन्धित सबैको सहयोग अपरिहार्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka