Premier Cables
Premier Steel

समाचार

राहदानी र राष्ट्रिय परिचय पत्र उर्लाबारीबाट लिन आग्रह

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | साँझ ४:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा अवरोध भएकोले ती सेवा उर्लाबारीबाट लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रशासनले मंगलबार महत्वपूर्ण सूचना जारी गर्दै गत भाद्र २४ गते भएको आन्दोलनको क्रममा आन्दोलनकारीहरुले कार्यालयको भौतिक संरचना, यन्त्र उपकरण, सवारी साधन, फर्निचर र सूचना प्रणाली लगायतका सामग्रीमा आगजनी तथा तोडफोड गरी क्षति पुगेकोले तत्कालीन सेवा इलाका प्रशासन कार्यालय मोरङ उर्लाबारीबाट लिन भनेको हो ।

बिज्ञापन

यस घटनाका कारण नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र लगायतका अत्यावश्यक सेवाहरुको प्रवाहमा गम्भीर अवरोध सिर्जना भएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङले विशेष गरी राहदानी तथा राष्ट्रिय परिचयपत्र नयाँ बनाउन अति आवश्यक भएका सेवाग्राहीहरुलाई उर्लाबारी मोरङमा सम्बन्धित कागजातसहित सम्पर्क राख्न अनुरोध गरेको छ।

यस सूचनाले सेवाग्राहीहरुलाई हालको असहज परिस्थितिका बारेमा जानकारी गराउँदै वैकल्पिक व्यवस्थाका लागि मार्गदर्शन गरिएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa