Premier Cables
Premier Steel

विराटनगर

मोहम्मद जयन्तीका अवसरमा विराटनगरमा र्‍याली

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक पर्व मोहम्मद जयन्तीका अवसरमा बुधबार (भदौ १०) मोरङको विराटनगरमा र्‍याली निकालिएको छ ।

विराटनगरको मेनरोडस्थित जामा मस्जिदबाट सुरु र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गर्‍यो । मौलिक र नेपाली पहिरनमा सजिएका मुस्लिम समुदायका व्यक्तिहरू र्‍यालीमा सहभागी थिए ।

बिज्ञापन

यो दिन मुस्लिम समुदायबाट विशेष प्रार्थना, धार्मिक सभा र समाजसेवामूलक गतिविधि आयोजना गरिन्छ ।

पर्वका अवसरमा नेपाल सरकारले बिदा दिएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।

मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार मिति २०८३ साल भाद्र १० गते बुधबारका दिन मोहम्मद जयन्ती परेको छ। यसै सन्दर्भमा, उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय भएकोसम्बन्धी सबैको जानकारीको लागि अनुरोध गरिएको छ।

साथै, मोहम्मद जयन्तीको यस सुअवसरमा मन्त्रालयले सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka