Premier Cables
Premier Steel

विराटनगर

नर्सिङ विद्यार्थीका लागि नेपाली युवाले बनाए एआई प्लेटफर्म ‘नरभेक्सा’

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | राती ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपालमा नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै नेपाली युवाहरूको टोलीले एआई प्रविधिमा आधारित एडटेक प्लेटफर्म ‘नरभेक्सा’ (Nurvexa) निर्माण गरेको छ।

‘बुद्धिमान एआई’ नामक कम्पनीले विकास गरेको यस प्लेटफर्मले नर्सिङ विद्यार्थीको सिकाइ, नियमित अभ्यास तथा परीक्षा तयारीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ।

बिज्ञापन

विराटनगरका विज्ञान घिमिरेको नेतृत्वमा सुशान्त थापा, सुशन अधिकारी र एलिस बरालको टोलीले यो प्लेटफर्म तयार पारेको हो। स्वदेशमै विकास गरिएको यो प्लेटफर्म विशेष गरी नर्सिङ विद्यार्थीका लागि आवश्यक अध्ययन सामग्रीलाई एउटै डिजिटल थलोमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।

यस प्लेटफर्ममार्फत विद्यार्थीहरूले संरचित अध्ययन सामग्री, क्विज, मोक टेस्ट तथा एआईमा आधारित प्रत्यक्ष सहयोग प्राप्त गर्न सक्नेछन्। यसले नबुझेका विषयमा तत्काल जानकारी लिन, नियमित अभ्यास गर्न र परीक्षाका लागि आफ्नो तयारीको स्तर स्वयं मूल्यांकन गर्न सहयोग पुर्‍याउनेछ।
परम्परागत अध्ययन प्रणालीमा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गर्ने प्रयासस्वरूप ल्याइएको यो प्लेटफर्म विद्यार्थीको आवश्यकताअनुसार सिकाइलाई व्यक्तिगत र अन्तरक्रियात्मक बनाउन केन्द्रित छ।

भविष्यमा यसलाई नर्सिङ विद्यार्थीको अध्ययनदेखि परीक्षा तयारीसम्मको पूर्ण डिजिटल सहायकका रूपमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

यस पहलले नेपालमा बढ्दो एडटेक क्षेत्रसँगै स्वास्थ्य शिक्षा र एआई प्रविधिबीचको सहकार्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। यसको आधिकारिक सेवा NurvexaLabs.com मार्फत उपलब्ध छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka