Premier Cables
Premier Steel

विराटनगर

महेश बस्नेतको अभिव्यक्तिकै कारण विराटनगर घटना, संयमित हुन जेनजी अगुवाको आह्वान

Calendar आइतबार, मंसिर ०७, २०८२  | अपराह्न १:५४ बजे

विराटनगर । मोरङका जेनजी अगुवाले महेश बस्नेतको अभिव्यक्तिकै कारण विराटनगरमा मसी छ्यापिएको बताएका छन् ।

घटना अप्रिय भएपनि यो आक्रोशको उपज भएको जेनजी अगुवा शम्सेद आलमले बताएका छन् ।

बिज्ञापन

केपी ओली र महेश बस्नेतले दिने अभिव्यक्तिकै विरोध स्वरुप सिमरामा त्यस्तै घटना भएको बताउँदै उनले भने,‘‘जे मुखमा आयो त्यही बोल्ने गरेका छन् । उनीहरुको क्रियाकै प्रतिक्रिया हो ।’’ ओली र बस्नेतको अभिव्यक्तिले युवाहरुलाई ठेस पुर्याउने गरेको पनि बताए ।

विराटनगरमा दुई जना युवा पक्राउ परेपछि जेनजी अगुवाहरुले मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी कवित कटुवालसँग छलफल गरेका छन् । प्रहरीले पक्राउ परेका दुबै युवालाई कार्यालय परिसरमा राखेको छ ।

उनले अहिले संयम हुने बेला रहेकाले विराटनगरको घटना दुःखद भएपनि लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्न देशलाई चुनावमा लैजाने वातावरण बनाइनु पर्ने बताएका छन् । बस्नेतको इटहरीमा आयोजना गरिएको कार्यक्रम पूरा नहुन्जेल युवाहरुलाई संयमित हुन पनि आग्रह गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka