Premier Cables
Premier Steel

विराटनगर

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला रु ३ लाख १६ हजार ७००

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ३ हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १६ हजार ७०० कायम भएको छ । त्यस्तै, असली चाँदी प्रतितोला रु ४ हजार ९८५ मा कारोबार भइरहेको छ ।

बिज्ञापन

बिहीबार छापावाल सुन प्रतितोला रु ३ लाख १३ हजार ४०० तथा असली चाँदी प्रतितोला रु ४ हजार ८५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५४०.१८ अमेरिकी डलर तथा चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka