Premier Cables
Premier Steel

राजनीति

राप्रपाभित्रको विवादले बागमती प्रदेश सरकार गठनमा कानुनी जटिलता

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | बिहान ११:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादले कानुनी र राजनीतिक अन्योल सिर्जना गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा (एमाले) का नेता किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न व्यक्तिगत लेटरहेडमा समर्थन पत्र बुझाएपछि विवाद सुरु भएको हो। राप्रपा केन्द्रीय नेतृत्व र प्रमुख सचेतक कुमारी तामाङले भने पार्टीको पूर्व निर्णयविपरीत दिइएको उक्त समर्थन ‘अनधिकृत’ रहेको भन्दै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखलाई औपचारिक पत्राचार गरिसकेका छन्।

बिज्ञापन

पार्टी निर्णय उल्लङ्घन गरेको भन्दै राप्रपा केन्द्रीय अनुशासन समितिले दलका नेता थापासँग स्पष्टीकरण सोधेको छ भने प्रदेशका बहुमत सांसदहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

संसदीय दलका नेताले दिएको समर्थनलाई पार्टी केन्द्रले अस्वीकार गर्दा वा फिर्ता लिँदा कुन निर्णयले कानुनी मान्यता पाउने भन्ने विषयमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा थप जटिलता थपिएको छ।

प्रदेश प्रमुखले दाबीको संवैधानिक वैधता, राप्रपाभित्रको विवाद र पर्न सक्ने सम्भावित कानुनी चुनौतीहरूलाई ध्यानमा राख्दै कानुनी परामर्शपछि मात्र मुख्यमन्त्री नियुक्तिको निर्णय लिने तयारी गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka