Premier Cables
Premier Steel

विराटनगर समाचार

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई सय ६० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँ कायम भएको छ। त्यस्तै, असली चाँदीको मूल्य प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ।

बिज्ञापन

बुधबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला चार हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka