नोट: यो समाचार २ महिना अघिको हो
फायल फोटो
काठमाडौँ । चुनावी प्रतिबद्धता अनुसार स्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापनाका लागि बजेट नछुट्ट्याइएको भन्दै स्थानीयले प्रश्न गरेपछि गृहमन्त्री सुधन गुरुङले चार महिनामै प्रतिफल नखोज्न आग्रह गर्दै बरु ‘भोट फिर्ता लैजान’ अभिव्यक्ति दिएका छन्।
गोरखा क्षेत्र नम्बर १ का सांसद समेत रहेका मन्त्री गुरुङसँग शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावी वाचा बमोजिम ल्याबका लागि बजेट विनियोजन नभएको विषयमा असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए।
स्थानीयको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सरकारमा आएको छोटो समयमै चमत्कार वा कायापलटको अपेक्षा गर्न नमिल्ने बताए।
चार महिनामै नतिजा नखोज्न आग्रह गर्दै उनले आफूलाई पाँच वर्षको कार्यकालसम्म धैर्य गर्न र यदि अहिल्यै नतिजा चाहिएको हो भने दिएको भोट फिर्ता लैजान मतदातालाई आग्रह गरे।
