लेउती खोलाले बगाएको कोसी राजमार्ग मर्मतपछि एकतर्फी खुल्यो
नोट: यो समाचार ३ महिना अघिको हो
शनिबार, जेठ १७, २०८२ |
राती ८:२२ बजे
विराटनगरर । धनकुटामा लेउती खोलाको बाढीले सडक बगाएपछि शनिबार बिहानदेखि अवरुद्ध बनेको कोसी राजमार्ग एकतर्फ खुलेको छ । मर्मतपछि साँझदेखि एकतर्फी रुपमा बाटो खोलिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले सडक मर्मत गरी साँझदेखि एकतर्फी खुलाइएको जानकारी दिएका छन् ।
बिज्ञापन
अविरलको वर्षासंगै आएको बाढीले देउती खोलाले कोसी राजमार्ग सडक बगाएपछि यातायात संचालन अवरुद्ध भएको थियो ।