Premier Cables
Premier Steel

राष्ट्रिय

राजदूत नियुक्तिमा किन विलम्ब?

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | बिहान ९:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । लामो समयदेखि रिक्त रहेका नेपाली कूटनीतिक नियोगहरूका लागि नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ महिनाअघि सुरु भएको छनोट प्रक्रिया पूरा गरी परराष्ट्रमन्त्री शिशिर खनालले अर्को सातासम्म सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्ने तयारी गरेका छन्।

परराष्ट्र मन्त्रालयले जेठ २८ गते भारत, चीन, अमेरिका, बेलायत र अस्ट्रेलियासहित १३ वटा देशका लागि खुला आवेदन आह्वान गरेको थियो। असार ५ गतेसम्म परेका ४ हजार ४ सयभन्दा बढी आवेदनहरूमध्ये दोहोरिएका र अपूरा फारमहरू हटाएर २ हजार ७ सय आवेदन छनोट गरिएको थियो।

बिज्ञापन

त्यसपछि सूक्ष्म अध्ययन गरी तयार पारिएको अन्तिम संक्षिप्त सूची मन्त्रीको सचिवालयमा पठाइएको छ।

छनोट प्रक्रियामा संलग्न अधिकारीहरूका अनुसार, एकै व्यक्तिले इमेल र हुलाकमार्फत ९४ वटासम्म आवेदन दिएकाले अन्तिम सूची तयार पार्न निकै चुनौतीपूर्ण बनेको थियो। हाल परराष्ट्रमन्त्री खनालले उम्मेदवारहरूको व्यक्तिगत विवरण (सीभी) अध्ययन गरिरहेका छन्।

कूटनीतिक क्षेत्रमा असर
गत वर्ष असोज र चालु वर्ष वैशाखमा गरी विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएपछि हाल धेरैजसो नेपाली नियोगहरू कार्यवाहक राजदूत (चार्ज द’अफेयर्स) को भरमा सञ्चालन भइरहेका छन्। साउन मसान्तसम्म थप सात जना राजदूतको कार्यकाल सकिने भएकाले छिटो नियुक्ति नभए थप नियोगहरू नेतृत्वविहीन हुने जोखिम छ।

साउदी अरेबिया र कतारका लागि पूर्वराजदूत नरेशविक्रम ढकालका अनुसार स्थायी राजदूत नहुँदा नियोगहरूले नियमित प्रशासनिक कामबाहेक प्रभावकारी कूटनीतिक पहल गर्न सक्दैनन्।

यद्यपि, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाह्य लबिङले नियुक्तिमा प्रभाव नपार्ने र पूर्ण रूपमा योग्यता तथा क्षमताका आधारमा नै राजदूत चयन गरिने दाबी गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले छनोट प्रक्रिया पूरा हुनासाथ सिफारिस सार्वजनिक गरिने जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa