Premier Cables
Premier Steel

राजनीति समाचार

पाँच महिनापछि नेपाल आइपुगे पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | अपराह्न १:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि नेपाल फर्किएका छन्। उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

देउवालाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए। विमानस्थलमा कांग्रेस कार्यकर्ताले देउवाको स्वागत गरेका थिए।

बिज्ञापन

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा गम्भीर घाइते भएका थिए। आन्दोलनका क्रममा घाइते भएपछि उनको काठमाडौंमा उपचार गरिएको थियो। थप उपचारका लागि उनी पत्नी तथा कांग्रेस नेतृ आरजु राणासँगै कात्तिक १० गते सिंगापुर गएका थिए।

सिंगापुरमा उपचारपछि देउवा केही समय थाइल्यान्डमा बसेका थिए। उनी थाइल्यान्डबाट बिहीबार नेपाल फर्किएका हुन्।

देउवा लामो समय उपचारका क्रममा विदेशमा रहेकाले उनको नेपाल आगमनलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। नेपाल फर्किएपछि उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिने तयारी रहेको बताइएको छ।

देउवा नेपाली कांग्रेसको सभापतिका साथै पटक–पटक नेपालको प्रधानमन्त्री भइसकेका नेता हुन्। उनको स्वास्थ्य अवस्थाका कारण पछिल्लो समय पार्टीका नियमित गतिविधिमा प्रत्यक्ष सहभागिता कम हुँदै आएको थियो।

नेपाल फर्किएसँगै देउवाको आगामी राजनीतिक सक्रियता र पार्टीभित्रको भूमिकालाई लिएर कांग्रेसका नेता तथा कार्यकर्ताबीच चासो बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa