Premier Cables
Premier Steel

राजनीति

कोसी प्रदेशको विकास र सेवा सुधारमा केन्द्रित कांग्रेसको ‘कोसी संकल्प’ घोषणा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ०९, २०८३  | साँझ ७:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’बाट २८ बुँदे ‘कोसी संकल्प’ सार्वजनिक गरिएको छ।

शनिबार सम्पन्न भेलाले कोसी प्रदेशका पर्यटकीय गन्तव्य, किरात सभ्यता संरक्षण तथा स्थानीय विकासका विविध विषयलाई प्राथमिकतामा राख्दै संकल्प जारी गरेको हो।

बिज्ञापन

संकल्पमा महिलाको परम्परागत सीपलाई उद्यमसँग जोड्ने उद्देश्यले ‘उद्यमी आमा’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। यस कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

त्यसैगरी, नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन ‘घरआँगन सेवा’ कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ। जन्मदर्ता, मृत्युदर्ता, स्वास्थ्य बिमा दर्ता तथा नवीकरणजस्ता सेवा अनलाइन वा घरआँगनमै पुगेर उपलब्ध गराउने योजना संकल्पमा समेटिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa