Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकाको कडा भिसा नीति: विदेशी विद्यार्थी घट्ने, अर्थतन्त्रमा अर्बौँ डलर नोक्सानी हुने

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | बिहान ८:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। अमेरिकाले लिएको कडा भिसा नीतिका कारण त्यहाँका कलेज तथा विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीको भर्ना उल्लेख्य रूपमा घट्ने देखिएको छ।

शिक्षाहरूको सङ्गठन ‘एसोसिएसन फर इन्टरनेसनल एडुकेटर्स’ (एनएएफएसए) र अनुसन्धान संस्था ‘जेबी इन्टरनेसनल’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२६ को हिउँदे सत्रमा अमेरिकी शिक्षण संस्थाहरूमा अध्ययनरत विदेशी विद्यार्थीको सङ्ख्या करिब १ लाख १० हजारसम्मले घट्न सक्छ।
विद्यार्थी सङ्ख्यामा आउने यो गिरावटले अमेरिकी स्थानीय अर्थतन्त्रमा ठुलो धक्का पुग्ने देखिएको छ। प्रतिवेदनअनुसार यसबाट स्थानीय अर्थतन्त्रलाई करिब ३ अर्ब ४० करोड अमेरिकी डलरको नोक्सानी हुनुका साथै करिब ३९ हजार रोजगारी जोखिममा पर्ने अनुमान गरिएको छ।

बिज्ञापन

तथ्यांकअनुसार सन् २०२५-०२६ को हिउँदे सत्रमा ११ लाख ६९ हजार विदेशी विद्यार्थी अमेरिका पुगेका थिए, जसले अर्थतन्त्रमा ४१ अर्ब ७७ करोड डलरको योगदान दिएका थिए। तर कडा नीतिकै कारण सन् २०२६-०२७ मा यो सङ्ख्या घटेर १० लाख ५७ हजारमा सीमित हुने र आर्थिक योगदान पनि घटेर ३८ अर्ब ३७ करोड डलरमा खुम्चिने प्रक्षेपण गरिएको छ।
एनएएफएसएका कार्यकारी निर्देशक फान्टा आवका अनुसार अमेरिकाका जटिल नीति-नियमले विदेशी विद्यार्थीको निर्णय प्रक्रियामा असर पारिरहेको र यसको दीर्घकालीन प्रभाव अमेरिकी समाज तथा अर्थतन्त्रमा पर्नेछ।

त्यस्तै, प्रतिवेदनमा अमेरिकी विदेश मन्त्रालयले अध्ययन तथा अनुसन्धानका भिसा आवेदनलाई दिँदै आएको प्राथमिकता हटाई फिफा विश्वकपका टिकटवाहकलाई प्राथमिकता दिएकाले पनि विद्यार्थीहरू समयमै विश्वविद्यालय पुग्न नसक्ने र अध्ययन योजना बदल्न बाध्य भइरहेको उल्लेख छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa