Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

टेक्सासमा गोलीकाण्डमा तीन नेपालीभाषी भुटानीको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

टेक्सास । अमेरिका स्थित टेक्सास राज्यको डलास सहरमा भएको एक भीषण गोलीकाण्डमा एउटै नेपालीभाषी भुटानी शरणार्थी परिवारका तीन सदस्यको ज्यान गएको छ। मृतकमध्ये एक जना ३ वर्षीय बालक पनि छन्।

सीबीएस न्यूजका अनुसार, गत शनिबार बिहान डलासको एक अपार्टमेन्टमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र उनीहरूका सानो छोरा प्रनिश प्रधानको मृत्यु भएको हो।

बिज्ञापन

रञ्जना र तीन वर्षीय प्रनिशको घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो भने ललित गम्भीर घाइते थिए। उनलाई अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ललित प्रधान झण्डै १५ वर्षअघि मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट पुनर्वासमार्फत अमेरिका आएका थिए। उनकी श्रीमती रञ्जनाको माइती काठमाडौंमा रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa