काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको गिरावट हो ।
आज कुल ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर कारोबार भएका छन् । कारोबार रकम ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल पाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन ८०–२० र एनआईसी एसिया ब्यालेन्स फन्डका इकाई मूल्य क्रमशः ५.१८ प्रतिशत र ५.१६ प्रतिशतले वृद्धि भएका छन् ।

कारोबार रकमका आधारमा भने सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३९ करोड २५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसैगरी, रिडी पावर कम्पनीको २३ करोड २ लाख रुपैयाँ तथा सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा बिक्री चाप बढी देखिँदा नेप्से परिसूचक सामान्य दबाबमा परेको हो ।
