Premier Cables
Premier Steel

अपराध

डायनियामा ४ वर्षिया बालिकाको हत्या आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | साँझ ७:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ४ वर्षकी बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका वडा नं. ०९ डाइनिया मुस्लिम टोल बस्ने जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या अभियोगमा सोही ठाउँका ५९ वर्षीय जान महमद मन्सूरी पक्राउ परेका हुन्।

बिज्ञापन

गत साउन १८ गते बालिका घन्सी घारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्ने क्रममा मन्सूरीको संलग्नता देखिएपछि प्रहरीले उनलाई साउन २० गते आफ्नै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका मन्सूरीविरुद्ध मोरङ जिल्ला अदालतबाट कर्तव्यज्यान कसूर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa