Premier Cables
Premier Steel

अर्थ विराटनगर

बजेटबाट उत्साहित विराटनगरको निजीक्षेत्र : निर्यातजन्य उद्योगले विदेशमा लगानी गर्नसक्ने व्यवस्थाको प्रशंसा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | राती ८:२१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि विराटनगरका उद्योगी व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनीहरुले निजी क्षेत्रले उठाउँदै आएका धेरै माग बजेटमार्फत सम्बोधन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले रु. १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरे ।

बिज्ञापन

विराटनरका उद्योगी महेश जाजूले निजी क्षेत्रले वर्षौदेखि निरन्तर उठाउँदै आएको माग सम्बोधन हुने गरी बजेट आएको बताए । ‘निर्यात गर्ने उद्योगलाई विदेशमा लगानी गर्ने दिने व्यवस्था सकारात्मक छ,’ उनले भने । आयात तथा निर्याततर्फका साना उद्योगलाई राहत दिइएको उद्योगी पवनकुमार सारडाले बताए ।

खाद्यान्न आयातको अग्रिम लाभकर, एक्जिम कोड धरौटी प्रावधान हटाइनु सकारात्मक पहल भएको सुनाए । बिहीबार मोरङ उद्योग व्यापार संघमा उद्योगी तथा संचारकर्मीहरु साथै बजेट बजेट भाषण सुनेका थिए ।

संघका उपाध्यक्ष अनिल सारडाले बजेटले धेरै अवसर बढाउने बताउँदै निर्यात गर्दा विदेशमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधानले नयाँ र सम्भावनायुक्त भएको बताए । उद्योगी प्रकाश मुन्दडाले बजेट समग्रमा राम्रो लागेको बताउँदै भने,‘तर यसको साथर्कता भने सफल कार्यान्वयनले मात्र पुस्टि गर्ने विषय हो ।’

नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजेलाई सकारात्मक भन्दै प्रशंसा गरे । उनले भने,‘विदेशमा लगानी गर्न पाउने र आम्दानीको ५० प्रतिशत स्वदेशमा ल्याउनुपर्ने प्रावधान सकारात्मक हो ।’

‘सुनचाँदीका गहनामा वन्डेड हाउसको सुविधा दिने साथै निर्यात गरेको गहनाको ५० प्रतिशत वदेशी मुद्राको सुनचाँदी आयात गर्न पाउने प्रावधान पनि राम्रो लागेको उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रलाई उत्साहित गर्ने गरी बजेट आएको प्रतिक्रिया दिएका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka