Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगर र इटहरीको बजेट आज, धरानको छैन् टुङ्गो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | बिहान ७:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशको एकमात्र महानगरपालिका, आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, असार १० गते सबै पालिकाले बजेट ल्याउनु पर्ने अन्तिम मिति रहेको छ। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मंगलबार सार्वजनिक गर्ने योजना बनाएको छ।

बिज्ञापन

उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बजेट तर्जुमा र राजस्व दरको पुनरावलोकनको तयारी पूरा भएको छ। महानगरपालिकाले आगामी वर्षको बजेटको आकार यस वर्षको तुलनामा केही बढाउने तयारी गरेको छ।

यस वर्ष, विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि भने ४ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिएको छ। सोमबार कार्यपालिका बैठकमा बजेट, नीति र कार्यक्रमको सार्वजनिक कार्यक्रम तय गरिएको छ, जसको घोषणा मंगलबार बिहान ११ बजे हुनेछ।

उपप्रमुख शिल्पा निरालाले बजेटको आकार गत वर्षको तुलनामा केही बढ्न सक्ने सङ्केत दिइन्। उनले भने, “बजेटको आकार भनेको केही बढ्न सक्छ, तर यसको विस्तृत विवरण अहिले भन्न सकिँदैन।” आगामी बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि केही नयाँ सुरुवात गर्नेतर्फ पनि ध्यान केन्द्रित गरिएको छ।

यद्यपि, विराटनगर महानगरपालिकाले आगामी वर्षको बजेटको आकार बढाउने तयारी गरिरहेको भए पनि चालु वर्षको आन्तरिक आम्दानी लक्ष्य पूरा गर्न भने असफल भएको छ। यस वर्षको १ अर्ब १० करोड रुपैयाँको आन्तरिक आम्दानी लक्ष्यमा अब २१ दिन मात्र बाँकी छ, र हालसम्म ४७ करोड ५० लाख रुपैयाँ मात्र आम्दानी भएको छ। यो अनुमानित लक्ष्यको ४३.५७ प्रतिशत हो। महानगरले ५० प्रतिशत लक्ष्य पुरा गर्न सकिने अनुमान गर्दै बजेट तयार गरेको छ।

इटहरी उपमहानगरपालिका पनि आगामी वर्षको बजेट मंगलबार सार्वजनिक गर्ने तयारीमा छ। सोमबार कार्यपालिका बैठक बसेको छ, तर विगतका बजेटका लक्ष्य पूरा नगरेको कारण इटहरीले नयाँ कार्यक्रम थप्न नसक्ने अवस्था भएको जानकारहरूले बताएका छन्।

इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको थियो, जसमा आन्तरिक आम्दानीको अनुमान ९६ करोड रुपैयाँ थियो। तर यो लक्ष्य ५० प्रतिशत पनि पूरा गर्न सकिएको छैन। यस वर्ष बजेटको आकार घट्ने सम्भावना छ।

धरान उपमहानगरपालिकामा भने बजेटको मिति अस्पष्ट रहेको छ। स्वतन्त्र हैसियतमा निर्वाचित प्रमुख हर्क साम्पाङले भने बजेट आउने दाबी गरेका छन्, तर मिति र प्रक्रिया स्पष्ट छैन। धरानमा बजेट सम्बन्धी प्रक्रिया अहिलेसम्म अघि बढेको छैन, र कार्यपालिका बैठकसमेत बस्न सकेको छैन।

धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट १ अर्ब ८९ करोड ४३ लाख रुपैयाँ थियो, जसमा आन्तरिक आम्दानीको लक्ष्य ९३ करोड ६१ लाख रुपैयाँ थियो। तर विवाद बीच धरानमा कार्यपालिका बैठक नै बस्न सकेको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa