Premier Cables
Premier Steel

कोशी प्रदेश

धनकुटामा एकसाथ १९ कांग्रेस नेता-कार्यकर्ताले किन छाडे कांग्रेस ?

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २१, २०८३  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनकुटा । धनकुटामा नेपाली कांग्रेसका संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

उनीहरूले नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै पत्र बुझाएर साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

बिज्ञापन

पार्टी छाड्नेहरूमा दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा महासमिति सदस्य अञ्जना ताम्ली, कोशी प्रदेश सदस्य मिना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा र क्षेत्रीय प्रतिनिधि राजकुमारी राई रहेका छन्।

यस्तै, क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बू, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बू, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बू, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि पार्टी परित्याग गरेका छन्।

उनीहरूले बुझाएको पत्रमा पार्टीभित्र काम गर्ने अनुकूल वातावरण नरहेको तथा पछिल्लो समय देखिएको वैचारिक मतभेदका कारण पार्टीमा निरन्तर रहन नसकिएको उल्लेख गरिएको छ।

पार्टी परित्याग गरेका नेताहरूले आफ्नो आगामी राजनीतिक यात्राबारे हालसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीहरू हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। यसबारे सम्बन्धित पक्षबाट भने औपचारिक पुष्टि भएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa