Premier Cables

विराटनगर

विराटनगरमा कांग्रेसको प्रदेशस्तरीय समीक्षा भोलि

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेसको कोसी प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम भोलि (बैसाख ९ गते, बुधबार) विराटनगरमा आयोजना हुने भएको छ। पार्टी सभापति गगन कुमार थापा सहभागी हुने उक्त कार्यक्रम कञ्चनजंघा पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सुरु हुने जनाइएको छ।

कांग्रेसले चैत २३ गतेदेखि वैशाख ५ गतेसम्म सातै प्रदेशमा चुनावी समीक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति बैठक (चैत ११ र १२ गते) को निर्णयअनुसार चैत १७ गते प्रदेशहरूलाई परिपत्र गर्दै समीक्षा कार्यक्रमबारे जानकारी गराइएको थियो। तर, उक्त योजना पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।

विज्ञापन

कर्णाली र सुदूरपश्चिम प्रदेशमा तय गरिएका समीक्षा कार्यक्रम भने अनिश्चितकालका लागि स्थगित भएका छन्। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ती कार्यक्रम स्थगित गरिएको पुष्टि गर्दै मिति भने अझै तय नभएको बताएका छन्। उनका अनुसार पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यक्रमसँग समय जुधेकाले समीक्षा कार्यक्रम रोकिएको हो, र नयाँ मिति चाँडै तय गरिनेछ।

सुदूरपश्चिम प्रदेशमा वैशाख ६ गते र कर्णाली प्रदेशमा वैशाख ११ गतेका लागि तय भएका कार्यक्रम ‘अर्को सूचना जारी नभएसम्म’ स्थगित गरिएको जानकारी प्रदेश कार्यसमितिहरूलाई पठाइएको छ। स्थगनको स्पष्ट कारण भने पत्रमा उल्लेख गरिएको छैन।

यसअघि अन्य चार प्रदेशमा भने कांग्रेसको चुनावी समीक्षा कार्यक्रम सम्पन्न भइसकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka