Premier Cables
Premier Steel

खेलकुद

फ्रान्स विश्वकप २०२६ को अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १७, २०८३  | बिहान ६:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। बुधबार बिहान न्यूयोर्क–न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल थपे। पहिलो हाफको ४५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

बिज्ञापन

दोस्रो हाफको ५३औं मिनेटमा बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता २–० बनाए। त्यसपछि ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित ३–० मा सुनिश्चित गरे। खेलभरि फ्रान्सले बल नियन्त्रण र आक्रमणमा स्पष्ट रूपमा वर्चस्व कायम राखेको थियो।

यस खेलमा दुई गोल थपेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ताको सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन्। दुवै खेलाडीको नाममा समान ६–६ गोल रहेको छ।

अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa