Premier Cables
Premier Steel

विराटनगर

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रक्तदान अभियान चलाउने

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ६:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले रक्तदान अभियान सञ्चालन गर्दै छ ।

ब्रह्माकुमारी संस्थाकी पूर्व प्रमुख दादी प्रकाशमणीको १९ औं स्मृति दिवसको अवसरमा भदौ ९ गते रक्तदान अभियान सञ्चालन गरिने भएको हो ।

विज्ञापन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले कोशी प्रदेशबाट १ हजार ५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ ।

कोशी प्रदेशका विभिन्न सेवा केन्द्रहरुमा रक्तदान कार्यक्रम सञ्चालन गरिने सेवा केन्द्र कोशी प्रदेश प्रमुख गीता दिदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तीनटोलिया विराटनगरमा हुने रक्तदान कार्यक्रममा सहभागीहरुलाई माइन्ड स्पा र मुड क्लिनिक सञ्चालन गरिने छ ।

आज आयोजित पत्रकार सम्मेलनमा गीता दिदीले १४२ देशमा रहेका ब्रह्माकुमारी संस्थाहरुमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रमका अवसरमा शारीरिक तथा मानसिक शान्ति र एकाग्रताका लागि योग तथा ध्यानको अभ्यास गराईने प्रा.डा. अजय भट्टराईले बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka