Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जेनजी आन्दोलनको हिंसात्मक घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | राती ८:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनको आवरणमा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले शुक्रबार अन्सारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

बिज्ञापन

लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार अदालतमा उपस्थित भएका थिए। अदालतमा बयानपछि नेपाल सरकारका तर्फबाट सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच भएको थुनछेक बहसपछि इजलासले थुनामा पठाउने आदेश गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारीविरुद्ध नापी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडसँग सम्बन्धित दुई छुट्टाछुट्टै आपराधिक उपद्रवका मुद्दा दर्ता गरेको थियो।

अदालतले नापी कार्यालयसँग सम्बन्धित मुद्दामा उनलाई थुनामा राख्न आदेश दिएको छ। सरकारी वकिल कार्यालयसँग सम्बन्धित अर्को मुद्दामा भने तीन लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश भए पनि अन्सारीले उक्त रकम हालसम्म बुझाएका छैनन्।

वि.सं. २०८२ भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन विराटनगरमा भएको हिंसात्मक घटनामा सरकारी कार्यालय, प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रशासन कार्यालय, महानगरपालिका, भाटभटेनी सुपरमार्केट तथा निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

प्रहरी अनुसन्धानका अनुसार केही सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेका थिए। घटनामा संलग्नहरूको पहिचानपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै २०८२ मंसिर १४ गते अन्सारीसहित ६ जनालाई पक्राउ गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa