Premier Cables
Premier Steel

राष्ट्रिय

जाँचबुझ आयोगको काम अन्तिम चरणमा

Calendar शुक्रबार, माघ १६, २०८२  | राती १०:०८ बजे

काठमाडौं । ‘जेन–जी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोग आफ्नो काम अन्तिम चरणमा पुगेको छ ।

आयोगले हाल प्रतिवेदन लेखनको काम गरिरहेको र तोकिएको समयमै काम सम्पन्न गर्ने तयारीमा रहेको जनाएको छ ।

बिज्ञापन

भदौ २३ गते राज्य पक्षबाट र २४ गते प्रदर्शनकारी पक्षबाट भएका गतिविधिका क्रममा भएको धनजनको क्षति छानबिन गरी दोषीमाथि कारबाही सिफारिस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार अहिले प्रतिवेदन लेख्ने र आवश्यक थप बुझबुझारथ गर्ने काम भइरहेको छ । “काम सकिने चरणमा छ, समयमै प्रतिवेदन बुझाउने योजना छ,” उनले भने । अब म्याद थप्नुपर्ने अवस्था नरहेको पनि शर्माले स्पष्ट पारे ।

आयोगले छानबिन प्रतिवेदनलाई मुख्यतः दुई खण्डमा तयार गर्ने जनाएको छ । पहिलो खण्डमा घटनाको विस्तृत विश्लेषण गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव समेटिनेछ भने दोस्रो खण्डमा दोषी पहिचान गरी उनीहरूमाथि कारबाहीका लागि सिफारिस गरिनेछ ।

जेन–जी आन्दोलनपछि तत्कालीन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनाको समयसीमा तोकेर जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले २०८२ असोज ८ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको थियो । प्रारम्भिक तीनमहिने म्याद पुस ९ गते सकिएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिना म्याद थप गरिएको थियो ।

त्यसपछि माघ ८ गते सकिएको उक्त अवधि पुनः दुई साताका लागि थप गरिएको हो । अन्तिम पटक म्याद थप्दा करिब २० प्रतिशत काम बाँकी रहेकाले आयोगका कर्मचारीहरू बाँकी काम टुंग्याउन युद्धस्तरमा खटिएका छन् ।

कार्की आयोगलाई भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।

आयोगका अनुसार सरकारी सम्पत्तिमा भएको क्षतिका साथै निजी क्षेत्रका उद्योग, प्रतिष्ठान, भवन, कलकारखाना तथा विभिन्न व्यक्तिका निजी घर–भवनमा भएको आगजनी, लुटपाट, तोडफोड र अन्य क्षतिको विवरणसमेत संकलन गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka