Premier Cables
Premier Steel

विराटनगर

बनिसक्न लाग्यो विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १०, २०८३  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको कार्य धमाधम भइरहेको छ । यस्को संचालन यथाशक्य चाँडो हुने बताइएको छ ।

सन् २०२३ को मार्चमा (२०७९ फागुन १ गते) तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवन शिलान्यास गरेका थिए। भवन निर्माणको ठेक्का २०८२ सालको मंसिरभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो।

बिज्ञापन

करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा कोशी/डाँफे जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको भवनले प्रतिघण्टा ५५० यात्रु व्यवस्थापन गर्न सक्ने क्षमता राख्नेछ। टर्मिनलमा करिब डेढ दर्जन चेक-इन काउन्टर, भीभीआईपी लाउञ्ज, किड्स जोन, पत्रकार सम्मेलन हल, भन्सार क्वारेन्टाइन र व्यवसायिक पसलहरू रहनेछन्।

विराटनगर विमानस्थल पूर्वी नेपालका पहाडी जिल्लाहरूका लागि प्रमुख हवको रूपमा रहेको छ। व्यावसायिक केन्द्रको रूपमा परिचित विराटनगरमा यात्रुको चाप बढ्दो क्रममा छ। हाल बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान सेवा दिइरहेका छन्।

नयाँ भवन सञ्चालनमा आएपछि पुरानो टर्मिनल भवन विस्थापित हुनेछ। यात्रुको चाप बढेपछि एयरलाइन्सहरूले पोखरा र भैरहवाजस्ता गन्तव्यहरूमा पनि उडान विस्तार गर्ने योजनामा छन् ।

विराटनगर विमानस्थलमा हाल १,५०० मिटर लम्बाइको धावनमार्ग रहेको छ, जसले आन्तरिक उडानहरू सहज बनाउने भूमिका खेलेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa