Premier Cables
Premier Steel

राजनीति

रास्वपा महाधिवेशनमा चार हजार प्रतिनिधि तय

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि कुल ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ।

प्रतिनिधिहरू सात प्रदेश, प्रवास, समायोजन तथा मनोनयनमार्फत चयन गरिएको पार्टीले जनाएको छ।

बिज्ञापन

पार्टी सचिवालयको संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि छनोट भएका छन्। विधानअनुसार पार्टी सभापतिबाट १३८ जनालाई मनोनयन गरिएको छ भने समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई समेत प्रतिनिधिमा समेटिएको छ।

प्रदेशगत विवरणअनुसार कोसी प्रदेशबाट ३६४, मधेसबाट ६३०, वाग्मतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशन चितवनमा हुने भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa