Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २२, २०८२  | साँझ ५:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु भएको छ।

बिज्ञापन

 

ईशनाथ नगरपालिका–४, मठिया टोलमा भएको उक्त दुर्घटनामा स्थानीय बासिन्दा शेख साजिरकी छोरी करिब चार वर्षीया खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।

 

दुर्घटनापछि गाडीमा सवार उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका छन्। प्रहरीका अनुसार बा.१५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो। सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

 

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रिजालले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka