Premier Cables
Premier Steel

राजनीति

गगन थापाद्वारा रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | बिहान ८:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जारी गरिएको शुभकामना सन्देशमा थापाले पार्टी स्थापना भएको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित नेपाली राष्ट्रिय राजनीतिमा आफ्नो स्थान मजबुत बनाएको उल्लेख गरेका छन्। उनले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय बताएका छन्।

बिज्ञापन

थापाले महाधिवेशनलाई पार्टीका लागि विचार, संगठन र नीतिगत दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण विकास गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन्। साथै, उक्त महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उनले अन्त्यमा रास्वपाको आगामी राजनीतिक यात्रा र महाधिवेशनको सफलताको कामना गर्दै “जय नेपाल” समेत उल्लेख गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनमार्फत संगठनात्मक संरचना, नीति तथा भावी राजनीतिक दिशा तय गर्ने तयारी गरिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa