Premier Cables
Premier Steel

राजनीति

माधव नेपालको मुद्दामा बोलेनन् गगन थापा : भने,‘अब यो अदालतको विषय भयो’

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २३, २०८२  | अपराह्न १:३५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भ्रष्टाचार सम्बन्धी मुद्दा अदालती प्रक्रियामा गई सकेकोले यसबारे केही पनि टिप्पणी नगर्ने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएको बताए ।

बिज्ञापन

‘अब यो अदालतको विषण भइसक्यो, त्यसैले यसमा मेरो कुनै टिप्पणी छैन,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्छ ।’ थापाले सरकारका कामको समीक्षा हुनुपर्ने भन्दै सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने बताए ।

दुई प्रमुख दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्छ,’ उनले भने, ‘सरकार गठन भएयता त्यही विश्वासले हामीले काम गरिरहेका छौं । अब सकारका कामको समीक्षा पनि गर्नुपर्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुंगो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka