Premier Cables
Premier Steel

अपराध अर्थ

‘मनी लाउन्डरिङ’ मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | राती ८:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश जारी गरेको हो।

बिज्ञापन

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी रहेकाले दुवैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो।

यो मुद्दामा कुल ३९ प्रतिवादी छन्, जसमध्ये ३४ जना व्यक्ति र पाँच वटा कम्पनी समावेश छन्। अभियोजन पक्षले दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै, सुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ तथा अर्को प्रतिवादी गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो माग गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा प्रहरीले भट्टलाई गत चैत १९ गते, अग्रवाललाई चैत २२ गते तथा गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि दायर गरिएको अभियोगपत्रमा दीपक भट्टले आर्थिक वर्ष २०७४/७५ मा आफ्नो स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्याङ्कनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी सम्पत्ति थप देखाएको उल्लेख छ।

यस्तै, भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको अभियोजन पक्षको दाबी छ। उक्त रकम बैंकिङ कसुर तथा कर्जा अपचलनबाट प्राप्त स्रोतमार्फत लगानी गरिएको आशंका अनुसन्धानबाट देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

भट्ट र अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र तथा बीमा कसुरसम्बन्धी मुद्दा र पाटन उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत विचाराधीन छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa