Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

कोसीमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड, कृषि-उद्योग र सहकारीमा २ अर्ब ९२ करोड बजेट

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | साँझ ५:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण तथा उपचार सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताए।

बजेटअनुसार क्षयरोग नियन्त्रणका लागि कृत्रिम बुद्धिमत्तामा आधारित एक्स–रे सेवा सञ्चालन गरिनेछ। जिल्ला अस्पतालबाट रेफर भई आएका १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गरी जनस्वास्थ्य सेवामा थप प्रभावकारी सहयोग पुर्‍याउने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको मन्त्री लिङ्थेपले जानकारी दिए।

विज्ञापन

आयुर्वेद स्वास्थ्य सेवाको प्रवर्द्धन तथा विस्तारका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी, कृषि, उद्योग तथा सहकारी क्षेत्रको विकासका लागि प्रदेश सरकारले २ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याएको छ। उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा सहकारी क्षेत्रको सुदृढीकरणमार्फत प्रदेशको आर्थिक विकासलाई गति दिने लक्ष्यसहित उक्त बजेट विनियोजन गरिएको मन्त्री लिङ्थेपले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka