विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरका विद्यार्थी आदर्श गुप्ताले दोस्रो गिरिजाप्रसाद कोइराला अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
विराटनगरमा जेठ २९ र ३० गते आयोजना गरिएको प्रतियोगितामा आदर्शले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेका हुन् । उनले प्रतियोगितामा आफ्नो कौशल, मेहनत र खेल भावना प्रस्तुत गर्दै डीपीएस विराटनगरलाई गौरवान्वित बनाएका छन् ।
विद्यालयले आदर्शको सफलतालाई उनको निरन्तर अभ्यास, समर्पण र खेलप्रतिको लगावको परिणाम भएको जनाएको छ । विद्यालय परिवारले उनलाई बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेको छ ।
डीपीएस विराटनगरले प्रतियोगितामा योगदान पुर्याउने प्रशिक्षक, शिक्षक तथा अभिभावकप्रति पनि आभार व्यक्त गरेको छ । विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै आएको जनाएको छ ।
