Premier Cables
Premier Steel

समाचार

“जनताको प्रतिनिधि जनताकै माझ” अभियान अन्तर्गत सांसद रुबिना आचार्य नागरिकसँग प्रत्यक्ष संवादमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | राती ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ ६ की सांसद रुबिना आचार्यले “जनताको प्रतिनिधि जनताकै माझ” अभियान अन्तर्गत आज सुन्दरहरैँचा नगरपालिका–२, ४ र ७ मा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरिएको छ।

अभियानका क्रममा सम्बन्धित वडा कार्यालय तथा स्थानीय समुदायमा पुगेर नागरिकहरूका गुनासा, सुझाव, अपेक्षा र सरोकारका विषयमा जानकारी लिइएको थियो। जनप्रतिनिधिले स्थानीयवासीका समस्या, आवश्यकता तथा विकाससँग सम्बन्धित विविध विषयमा प्रत्यक्ष रूपमा धारणा सुन्ने अवसर प्राप्त भएको बताएका छन्।

बिज्ञापन

कार्यक्रममा प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै जनताको आवाजलाई नीतिनिर्माण तथा विकास प्रक्रियाको आधार बनाउँदै उत्तरदायी, पारदर्शी र जनमुखी प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउने प्रयास निरन्तर रहने जनाइएको छ।

अभियानले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्थानीय तहको सुशासन तथा विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka