Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्ली विमानस्थलमा भीड नगर्न कक्रोच पार्टीक संस्थापक दिपकेको आग्रह, जन्तरमन्तर प्रदर्शनको तयारी तीव्र

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले अमेरिकाबाट भारत फर्किने क्रममा आफ्ना समर्थकहरूलाई जुन ६ मा दिल्ली विमानस्थलमा उपस्थित भएर भीडभाड नगर्न आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै उनले यसअघि गरिएको विमानस्थलमा स्वागतका लागि उपस्थित हुनुपर्ने आह्वान फिर्ता लिएको जानकारी दिएका हुन्।

बिज्ञापन

आन्दोलनले अपेक्षाभन्दा बढी जनसमर्थन प्राप्त गरिरहेको र विमानस्थलमा अत्यधिक भीड हुँदा सर्वसाधारण तथा सुरक्षाकर्मीलाई असुविधा हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको उनले बताएका छन्।

दिपकेले अव्यवस्था र अशान्ति रोक्न आफूले जिम्मेवार कदम चालेको स्पष्ट पार्दै विमानस्थलबाट सिधै संसद मार्ग प्रहरी चौकी पुगेर जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शनका लागि आधिकारिक अनुमति लिने जानकारी दिएका छन्। उनले कानुनको सम्मान गर्दै जिम्मेवारीपूर्वक आन्दोलन अगाडि बढाइने बताएका छन्।

यसैबीच, सीजेपीले सौरभ दास, विजेता दहिया र आशुतोष रांकालाई पार्टीका आधिकारिक प्रवक्ता नियुक्त गरेको छ। उनीहरूले दिल्लीमा आयोजित पार्टीको पहिलो पत्रकार सम्मेलनमार्फत विभिन्न मागहरू सार्वजनिक गरेका छन्।

जुन ६ मा जन्तरमन्तरमा हुने प्रदर्शनमा प्रसिद्ध शिक्षाविद् सोनम वाङचुक पनि सहभागी हुन सक्ने बताइएको छ। पत्रकार सम्मेलनमा पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग पुनः दोहोर्‍याएको छ।

पार्टीका प्रवक्ता सौरभ दासले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) का अध्यक्ष राहुल सिंह र सचिव हिमांशु गुप्ताको सरुवा केवल देखावटी कदम भएको टिप्पणी गर्दै शिक्षा क्षेत्रमा वास्तविक जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनका अनुसार सरुवा मात्रले समस्या समाधान नहुने भएकाले प्रणालीगत सुधार आवश्यक छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka