Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजार दोहोरो अंकले घट्यो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | साँझ ४:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४८ प्रतिशत अर्थात १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४७३.७६ विन्दुमा झरेको छ।

बिज्ञापन

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टका १ करोड ५ लाख ९८ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब ७३ करोड ८१ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘बजार लामो समयदेखि साइडवेजमै चलिरहेको छ । बजारमा केही समययता भोल्युम राम्रो छैन । बजार बढ्नका लागि नयाँ पैसा मार्केटमा आउन जरुरी छ । अहिले ठूला लगानीकर्ताहरु बजारमा सक्रिय देखिदैनन् र लगानीकर्ताले नयाँ पैसा थप्न पनि चाहिरहेका छैनन् । भोल्युम नबढ्दा सम्म मार्केट माथि जाने सम्भावना रहँदैन ।’

उनले भने, ‘अहिले नेपालको आर्थिक अवस्था पनि त्यति राम्रो देखिदैन । कर मात्रै बढाएको सरकारको बजेटलाई लगानीकर्ताहरुले त्यति मन पराएनन् । अब असार साउन लागेपछि बजारलाई थोरै सिजनल इफेक्ट पर्न सक्छ । बजार त्यति तल पनि नजाला र माथि उक्लिने सम्भावना पनि छैन । अब केही समयसम्म बजार यहि रेञ्जमै बसेर साइडवेजमै चल्ने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो बढ्यो । यो समूह आज ०.३२ प्रतिशतले बढ्यो ।

यो दिन व्यापार समूह सर्वाधिक अर्थात १.७१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल १.०७, हाईड्रो ०.५१, लगानी ०.४६, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.१८, निर्जीवन १.२० र अन्य ०.७५ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka