Premier Cables
Premier Steel

कोशी प्रदेश शिक्षा

अत्यधिक गर्मीका कारण बर्जूका विद्यालय दुई दिन बन्द

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | बिहान १०:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लगातार बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सुनसरीको बर्जू गाउँपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै गाउँपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जेठ २१ र २२ गते (बिहीबार र शुक्रबार) सार्वजनिक बिदा दिएको जनाएको छ।

बिज्ञापन

गाउँपालिकाका अनुसार उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको छ। पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित बनेपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

सूचनामा बिदापछि पनि मौसम प्रतिकूल रहेमा विद्यालय व्यवस्थापन समितिको निर्णय र गाउँपालिकालाई लिखित जानकारीका आधारमा पठनपाठनको समयावधि नघट्ने गरी बिहानको सत्रमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।

गाउँपालिकाले अत्यधिक तापक्रमका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अभिभावक तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka