Premier Cables
Premier Steel

कोशी प्रदेश

बर्जु गाउँपालिकामा किन भइरहेकाे छ लफडा ? प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै तथानाम

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | राती ९:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रबिन्द्रकुमार मेहतामाथि कार्यकक्षमै हातपात र तथानाम गरिएकाे हाे । निर्माण ठेक्कामा प्रभाव जमाउँदै आएका श्रवण चौधरीले बुधबार पालिकाको कार्यालयमा प्रवेश गरी प्रशासकिय अधिकृतमाथि दुर्व्यवहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार चौधरी मादक पदार्थ सेवन गरेर कार्यालय पुगेका थिए। कार्यालय प्रवेश गरेपछि उनले अमर्यादित व्यवहार गरेका थिए।

बिज्ञापन

घटनापछि प्रहरीले चौधरीलाई नियन्त्रणमा लिए पनि अहिलेसम्म कुनै मुद्दा दर्ता गरिएको छैन। एसपी तिम्सिनाले भने, “२४ घण्टा पुग्न लागिसकेको छ, उनलाई हाजिरी जमानतमा छोड्ने तयारी छ। बाँकी अनुसन्धान प्रक्रियाअनुसार अघि बढ्नेछ।”

श्रवण चौधरी गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरीका पति हुन्। उनी पालिकाभित्र पटक–पटक प्रभाव देखाउँदै विवादमा आउने गरेका छन्। प्रमुख प्रशासकिय अधिकृतमाथि गरिएको व्यवहारको विरोधमा गाउँपालिकाका कर्मचारीहरूले बिहीबार कार्यालय बन्द गर्दै आक्रोश प्रकट गरेका छन्।

यसबीच, बर्जु गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष अजय कुमार चौधरीले घटनालाई सामान्य ढंगले लिँदै सबै कुरा “एक घण्टामा सेटल हुने” टिप्पणी दिएका छन्। उनले भने, “एउटा सानो कुरा थियो, हामी समन्वय गर्दैछौं, एक घण्टामा सबै थाहा पाउनुहुन्छ।”

बर्जु गाउँपालिकामा प्रशासकिय अधिकृतमाथि दुव्र्यवहारको यो पहिलो घटना भने होइन। करिब दुई वर्षअघि पनि तत्कालीन प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि योजनासम्बन्धी छलफलका क्रममा हातपात भएको थियो।

उक्त घटनामा बर्जु–३ का तत्कालीन वडाध्यक्ष प्रदिप चौधरी संलग्न थिए। श्रवण चौधरी र प्रदिप चौधरीबीच साझेदारीमा काम हुँदै आएको स्थानीय स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa